प्रदेश अस्पताल गोरखाको शवगृहमा रहेका शव ५ महिना देखि व्यवस्थपान हुन नसक्दा समस्या थपिएको छ । बेवारिसे अवस्थामा भेटिएका चार वटा शव हाल शवगृहमा रहेको छ । शव व्यवस्थापनमा ढिलाई हुँदा दुर्गन्ध फैलन थालेको स्थानीय बताउँछन् । शवको यथोचित व्यवस्थापन हुन नसक्दा समस्या भएको प्रदेश अस्पताल गोरखाका मेडिकल सुपरिटेण्डेन सिद्धार्थ खनालले बताउनुभयो । ‘अव नयाँ शव आए राख्ने ठाउँ छैन, लामो समयसम्म शव रहँदा अन्य शवको पोष्टमाटममा पनि समस्या भएको छ,’ उहाँले भन्नुभयो । शव व्यवस्थापन छिटो गर्नका लागि अस्पतालले आग्रह पनि गर्दैे आइरहेका छौ । ‘शव गृह दुई वटासम्म शव राख्ने क्षमताको छ, चार वटा शव म्यानेज गरेर राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘लामो समयसम्म रहेका शवहरुको पोष्टमार्टममा पनि समस्या छ ।’ बेवारिसे अवस्थामा जिल्लाका विभिन्न ठाउँमा रहेका शवहरुले शवगृह भरिएको हो । ती शवहरुको व्यवस्थापनका लागि प्रयास भइरहेको गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले बताउनुभयो । ‘शव व्यवस्थापनका लागि ठाउँहरु खोजिरहेका छौँ, अव छिट्टै शव व्यवस्थापन हुन्छ,’ उहाँँले भन्नुभयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको