INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

पुचौँडी नगरपालिका–१० गोरागाउँकी ४२ वर्षीया भुरी विष्टको हत्या गरेको आरोपमा जिल्ला अदालत, बैतडीले उनका ५३ वर्षीय पति जनकसिंह विष्टलाई ०७५ पुस २५ गते जन्मकैदको फैसला सुनाएको छ । जनकले भुरीको हत्या गत साउन १० गते गरेको आरोप थियो ।

अर्की आरोपित भुरीकी सौता लक्ष्मी विष्टलाई भने सफाई दिइएको जिल्ला अदालत बैतडीले जनाएको छ ।

भुरीको हत्या भएपछि माइती पक्षले पति जनकसिंह र सौता लक्ष्मी विरूद्ध ०७५ साउन १३ गते इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएको थियो ।

अन्य

भिडियो