भूमिकास्थान नगरपालिका- ४ कल्लेरी थानाचाैरकी ४ वर्षीया बालिका आइन्का भन्ने काैशिला पाैडेलकाे हत्या गरेको आराेपमा प्रहरीले ३१ वर्षीया आमा विष्णुदेवी आचार्य पाैडेललाई ०८२ कात्तिक ३० गते गिरफ्तार गरेकाे छ !
घरमा आमा छाेरी मात्र भएको अवस्थामा बिहानकाे खाना पकाउने क्रममा तरकारी काट्दै गरेकाे अवस्थामा आमाले छाेरीकाे घाँटीमा हँसिया प्रहार गरी छाेरीकाे हत्या गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ३० गते उजुरी दिएका थिए । उजुरीकाे आधारमा आराेपितलाई सोही दिन दिउसाे घरबाटै गिरफ्तार गरी घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताउनु भयाे ।
शवकाे पाेष्टमार्टम कातिक ३० गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरी साेही दिन आफन्तलाई बुझाइएको छ ।