१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पर्वतको जलजला गाउँपालिका–९ घर भई कुश्मा नगरपालिका–७ बस्ने १९ वर्षीय विजय फकामी मगरलाई ०८२ कात्तिक ३० गते जिल्ला अदालत पर्वतले १२ वर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजालसले ०८२ कात्तिक २३ गते फकामी मगरलाई कसुर ठहर गरी सजाय निर्धारणका लागि पेश गर्ने आदेश गरेकोमा कात्तिक ३० गते १२ वर्ष कैद सजायका साथै ५ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत पर्वतका तहसिलदार भरत पौडेलले जानकारी दिनुभयो ।
फकामीले ०८१ मङ्सिर ३ गते कुस्माकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडीत पक्षले ०८१ चैत १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएपछि सोही दिन फकामीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत पर्वतमा ०८२ वैशाख ३ गते जबरजस्ती करणी शीर्षकमा अभियोजन दर्ता गरेकोमा अदालतले सोही दिन पुर्पक्षका लागि थुनामा पठाएको थियो ।