INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकी तोडफोड घटनाका आरोपित गिरफ्तार

आठबिसकोट नगरपालिका–१४ घेत्मा स्थित स्वास्थ्य चौकीमा ०८२ साउन २६ गते राती मादक पदार्थ सेवन गरेर तोडफोड गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय तिलक मल्ललाई प्रहरीले गिरफ्तार गरेको छ ।

मल्लले मदिरा सेवन गरेर हतियारसहित स्वास्थ्य चौकीमा प्रवेश गरी गेट, गाडी र अन्य सामग्री तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको भन्दै साउन २७ गते जनस्वास्थ्य निरीक्षक देवबहादुर चन्दले  इलाका प्रहरी कार्यालय आठबिसकोटमा उजुरी गरेका थिए । प्रहरीले मल्ललाई गिरफ्तार गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश बिष्टले जानकारी दिनुभयो । आरोपित मल्ल विरुद्ध ‘अपराधिक उपद्रव’ मुद्धा दर्ता गरिएको छ ।

अन्य

भिडियो