INSEC Online

📅 २०८३ जेष्ठ २१

बुढीनन्दा दर्शन गर्न गएका पत्रकार बेपत्ता, खोजी कार्य जारी

रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का (तेजु) बेपत्ता भएका छन् । जनैपूर्णिमाको मेलामा प्रसिद्ध तिर्थस्थल बुढीनन्दाको दर्शन गर्न गएका पत्रकार भदौ ९ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालका डिएसपी सागर बोहोराले जानकारी दिएका छन् ।

बुढीनन्दाको दर्शन गरेर फर्कने क्रममा बीच बाटोबाटै खड्का हराएको रेडियो बुढीनन्दाका सचिव अनिल शाहीले जानकारी दिए ।

डोटी घर भएका ३८ वर्षीय पत्रकार तेजबहादुर खड्काको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरूले एक सातादेखि खोजी कार्य जारी गरेको भए पनि हालसम्म कुनै पत्तो नलागेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

लौरी बिनायक भन्दा २ घण्टा माथि बरमाग्ना भन्ने ठाँउमा आफ्नो सामान छुटेको भन्दै लिन गएका उनी त्यसपछि सम्पर्कविहीन भएको जनाइएको छ ।

अन्य

भिडियो