INSEC Online

📅 २०८३ श्रावण १

गुल्मी

जिसस गुल्मीका लेखापाल श्रेष्ठलाई मोसो दलेर दुर्व्यवहार

जिल्ला समन्वय समिति गुल्मीका लेखापाल प्रेमलाल भण्डारीलाई जिल्ला जनपरिषद जनसत्ता गुल्मीका नाममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज १ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा दलितमाथि निर्घात कुटपिट

मुसिकोट नपा-३ मैदानका ६२ वर्षीय गोरे टोमटालाई ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा सोही ठाउँका ४० वर्षीय पशुपति घिमिरेले साउन ३० गते निर्घात कुटपिट गरेको

विद्यार्थीबिचको विवादका कारण शिक्षकमाथि कुटपिट

मुसिकोट नपा-४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका १८ वर्षीय शिक्षक विक्रम लिम्बुलाई स्थानीय एक युवाले साउन २९ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका-३ दर्लामचौरका ४४ वर्षीय टुमबहादुर खत्री र ३६ वर्षीया हुमकला खत्रीलाई साउन २९ गते गिरफ्तार गरेको छ । ३९ वर्षीया

जिल्ला अस्पताल तम्घासमा दरबन्दी अनुसार डाक्टर नहुँदा समस्या

गुल्मीको जिल्ला अस्पताल तम्घासलाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तीन वर्षभयो । तर, त्यो अहिलेसम्म घोषणामै सीमित रहेको छ । जसका कारण

उपचारकै अभावमा एक बालक आन्द्राबाट दिसा र पिसाव गर्दै, परिवारद्वारा सहयोगको याचना

सरकारले निःशुल्क उपचारको व्यवस्था गरिरहेको बताए पनि उपचारकै अभावमा गुल्मीका एक बालकको अवस्था नाजुक रहेको छ । उपचार खर्च नहुँदा मालिका गाउँपालिका-७ सिमलटारीका चार वर्षीय

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका-६ अम्मरपुरका २४ वर्षीय रामबहादुर कुमाललाई साउन २१ गते गिरफ्तार गरेको छ । त्यस्तै फकाएर विवाह गराईदिएको

भाँडा नमाझेको आरोपमा दलितमाथि निर्घात कुटपिट गरेको आरोप

मुसिकोट नगरपालिका-४ बडागाउँ हलोगाडेका ४२ वर्षीय कर्णबहादुर सार्कीमाथि असार २४ गते निर्घात कुटपिट भएको पीडितले आरोप लगाएका छन् । हलोगाडे बजारको एक पसलमा खाना खाएको

कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा तीन ठाउँमा विष्फोट

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार ११ गते जिल्लाका दुई स्थानमा बम विष्फोट गराएको प्रहरीले जनाएको छ । मदाने गाउँपालिका-७ को दिपक माविको

इन्सेकको समन्वयमा पर्यवेक्षण गर्ने संस्थाबिच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गुल्मीले जिल्लाका सबै पर्यवेक्षण गर्ने संस्थासँग असार ११ गते अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा पर्यवेक्षण गर्ने संस्थाहरूले एक आपसमा मिलेर सूचना

बालश्रम तोड्न रोजीरोटी र पुन:स्थापना

रेसुङ्गा नपा-१४ की माया बुढाथोकीलाई बाल श्रम के हो ? बालश्रम अन्त्यका लागि मनाइने दिवस कहिले पर्छ ? कुनै पत्तो छैन । तर, बिहान बेलुका

चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

जिल्ला स्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति र

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुरु गाउँपालिका-६ रिमुवाका ४६ वर्षीय लक्ष्मीप्रसाद ज्ञवालीलाई जेठ २० गते गिफ्तार गरेको छ । पीडित महिलालाई

बन्दले जिल्लाको जनजीवन प्रभावित

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनावको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण वैशाख ३० गते जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ ।

अज्ञात समूहद्वारा बाटो खन्न प्रयोग गरिएको जेसिबी डोजरमा आगजनी

अज्ञात समूहले वैशाख २६ गते कालिका प्यासेफिक जेभीको एउटा जेसिबी डोजरमा आगजनी गरेको छ । इस्मा गाउँपालिका-२ को रातचौरमा बिहान एक बजेतिर उक्त डोजरमा आगो

ढुङ्गाखानीका मजदुरलाई चुनावले छोएन

रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गाखानीमा काम गर्दै आएकी पार्वती परियारलाई चुनावको कुनै मतलब छैन । ‘उज्यालो अँध्यारो खानीमै हुन्छ, नेताहरू भोट माग्न आएका छैनन ।’-उनले भनिन्

बल्झिरहन्छन् द्वन्द्वका घाउहरू !

म द्वन्द्वपीडित । मेरा छोरा राज्य पक्षबाट मारिए । सदरमुकामको एक कार्यक्रममा परिचय दिँदै गरेका मदाने गाउँपालिका-६ पुर्कोटदहका ६८ वर्षीय तुलबहादुर कुँवरका आँखा रसाए ।

दलित बस्तीमा मतदाता शिक्षा

स्थानीय युवा उत्तम पन्थीले विभिन्न प्रलोभन देखाएर पार्टी प्रवेश गराउने दलको चङ्गुलमा दलित समुदाय सधैँ फस्दै आएको बताए । ‘चुनावका बेला यो समुदायका मतदाता थुप्रै

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१७ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा इस्मा गाउँपालिका-४ का २४ वर्षीय शिवलाल थापाविरुद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित

बहुविवाह घटनाका आरोपित गिरफ्तार

मालिका गाउँपालिका- १ नेटाकी २७ वर्षीया सरस्वती पुनले आफू घरमा हुँदाहुँदै बहुविवाह गरेको आरोपमा २७ वर्षीय पति प्रेमबहादुर पुनविरुद्ध उजुरी गरेको आधारमा प्रहरीले वैशाख ८

अन्य

भिडियो