धुर्कोट गाउँपालिका– २ पिपलधाराका सात वर्षीय आयुष विकलाई बाबु ३० वर्षीय कमल विकले ०८३ असार ३१ गते कुटपीट गरेर घाइते बनाएका छन् ।
कुटपिटबाट बालकको आँखा र कम्मरमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आयुषको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । आमासँगै भएका छोरालाई लाठीले कुटपिट गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेकाले बालकलाई अस्पतालमा उपचारको लागि पठाएर घटनामा संलग्न फरार बुबाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी बिरेन्द्र विर विश्वकर्माले जानकारी दिनुभयो ।