१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखको महाबु गाउँपालिका-३ बाँसीका २० वर्षीय गणेश बिष्टलाई ०८३ असार ३२ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार ३१ गते बलात्कार गरेको पीडित पक्षको उजुरीको आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर पुष्पराज रोकायले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३२ गते दैलेख अस्पतालमा गरिएको छ।