INSEC Online

📅 २०८३ जेष्ठ २१

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ १ सय १४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । नेपालको संविधानमा महिला अधिकारका विषयलाई मौलिक हकका रूपमा समेटिएको छ । नेपाली कानुन पनि लोकतन्त्रको उदयसँगै महिलामैत्री बनाउँदै आइएको छ । नेपाल संयुक्त राष्ट्रसङ्घले जारी गरेको महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–१९७९ को पक्ष राष्ट्र हो । यो महासन्धिलगायत विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा महिलासँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रावधानहरूमा नेपालले प्रतिबद्धता जनाएको छ ।

editor

Related Articles