INSEC Online

📅 २०८३ जेष्ठ २१

खाँदबारी नगरपालिका–१ मा रहेको जिल्ला कारागारबाट २०८० साउन २४ गते बिहान १ बजेर ३० मिनेट गएको समयमा १९ वर्षीय कैदी बिनोद तोलाङ्गी र २८ वर्षीय आकाश बलामी भाग्न खोजे । शौचालयको झ्यालको रड काटी भाग्न खोज्दा दुवै जनालाई कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिए । नियन्त्रणमा लिने क्रममा प्रहरीले कुटपिट गर्‍यो । प्रहरीले कुटपिट र यातना दिएको कारागार नजिक घर भएका स्थानीयले सुनेका थिए । ‘कैदी चिच्याएको, मरेँ मरेँ भन्दै कराएको र कुटकुट, खुट्टामा हान’ भनेको सुनेको स्थानीयले बताए । २४ गते राति साढे १ बजेदेखि २ बजेसम्म कारागारमा होहल्ला भएर शान्त भयो । बिहान ४ बजे कारागारका दुई जना कैदी अर्धचेत अवस्थामा भेटिएको भन्दै कारागार प्रशासनले बिहान ५ बजे उपचारका लागि बिनोद र आकाशलाई जिल्ला अस्पताल पुर्‍यायो । जिल्ला अस्पतालमा पुर्‍याउँदा आकाश बलामीको मृत्यु भइसकेको र बिनोद तोलाङ्गीको ढुकढुकी मात्र बाँकी रहेको अस्पतालका चिकित्सकले बताए ।

editor

Related Articles