INSEC Online

📅 २०८३ जेष्ठ २१

७ सय ५३ ओटा स्थानीय तहमा वैशाख ३० गते शुक्रबार हुने निर्वाचनका लागि राजनीतिक दल, तिनका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ । मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । मौन अवधिमा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम नहुने भए पनि यस अवधिमा मतदाता प्रभावित पार्ने कार्यजस्तै भोजभतेर, आर्थिक प्रलोभन, धाकधम्की, बन्देजजस्ता कार्य विगतका निर्वाचनमा हुने गरेको उदाहरण प्रशस्तै रहेका छन् । विगतका निर्वाचनभन्दा कम भड्किलो निर्वाचन प्रचार प्रसार तथा गतिविधि भएको देखिए पनि कार्यकर्ता परिचालनजस्ता कार्यमा असीमित खर्च हुने गरेको पाइयो । यस प्रतिवेदनमा हाम्रा देशभरका प्रतिनिधिले पठाएका निर्वाचन गतिविधि, निर्वाचन आचार संहिता उल्लंघनका घटना, मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू समेटिएको छ ।

editor

Related Articles