INSEC Online

📅 २०८३ जेष्ठ २१

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको अनुगमन आफ्ना प्रतिनिधि तथा प्रदेश कार्यालयहरूमार्फत गर्‍यो । निर्वाचन आचारसंहिता लागु भएदेखि निर्वाचन सम्पन्न भई मत परिणाम प्राप्त नहुञ्जेलसम्मका निर्वाचनसँग सम्बन्धित गतिविधिहरूको इन्सेकले अनुगमन गरी अभिलेख राखेको छ ।
आवधिक निर्वाचन लोकतन्त्रको आधारशीला हो । आवधिक निर्वाचनले मतदातालाई आफूले रुचाएका राजनीतिक दल र आफूलाई मन परेको प्रतिनिधि छान्ने अवसर प्रदान गर्छ भने राजनीतिक दलहरूलाई आफ्ना नीति जनतासम्म पुर्‍याउन र जनताबाट अनुमोदित हुन सघाउँछ । यो उपनिर्वाचनले राजनीतिक दलको लोकप्रियता मापनका लागि पनि महत्वपूर्ण अवसर समेत प्रदान गरेको थियो ।

editor

Related Articles