INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनुषा जिल्ला, मिथिला नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ र २० वर्षीय विनोद चौहानलाई चार वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको ०८१ भदौ १८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जनही चार वर्ष कैद सजायसँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।

पीडित महिलालाई आरोपितले ०८० साउन २८ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले टेकबहादुर र विनोदविरुद्ध साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले टेकबहादुर र विनोदलाई विराटनगर महानगरपालिका-३ बाट असोज २८ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० कात्तिक २९ गते सामूहिक बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपितद्वय पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०८० साउन २८ गते गरिएको थियो ।

अन्य

भिडियो