INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले दोहोरो भिडन्त भएको जनाएता पनि यसको विश्वसनीय आधार भने पाउन सकिएन घटनाको अनुगमन तथा तथ्य संकलनमा गएको टोलीले देखेको घटनास्थलको अवस्था तथा प्रकृति, घटनास्थलमा खिचिएको फोटोहरु, जिल्ला अस्पतालमा राखिएको मृतकको शवको अवलोकन, शव पोष्टमार्टम गर्ने डाक्टरको भनाइ, मृतकको परिवार र आफन्तको भनाइ, स्थानीय व्यक्तिहरूको कथन अनुसार घटना भएको दिन स्थानीयबासीलाई बिहानैदेखि घटनास्थलमा आवतजावतमा रोक लगाइनु,स्थानीय प्रहरीलाई घटनाबारे जानकारी नहुनु, दोहोरो गोली हानाहानको घटना भनिए पनि स्थानीयवासीले दोहोरो भिडन्तमा गोली चलेको आवाज नसुन्नु जस्ता कारणले कुमार पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको हो भन्न सकिने विश्वसनीय आधार देखिएन ।

editor

Related Articles