INSEC Online

📅 २०८३ असार १९

बाढीपहिरोका कारण ४२ परिवार विस्थापित  

कोशी प्रदेशमा ०८३ असार ५ गते भित्रिएको मनसुन हिमाली जिल्ला सङ्खुवासभामा सक्रिय भएसँगै ४२ घर प्राकृतिक विपद्का कारण विस्थापित भएका छन् ।

बाढी पहिरोका दुई साताको अवधिमा ४२ परिवार विस्थापित भएका हुन् ।  वर्षाका कारण आएको बाढीपहिरोले जिल्लामा दुई ओटा स्वास्थ्य संस्था, तीन ओटा विद्यालय र एक ओटा रेडक्रस भवनमा क्षति पुगेको छ ।

बाढी पहिरोका कारण जिल्लाका विभिन्न ठाउँमा रहेका सरकारी भवनसहित निजी घरपरिवारसमेत विस्थापित भएको जिल्ला प्रहरी कार्यालय डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो  । बाढी पहिरोका कारण जिल्लाभर ६८ घरमा क्षति र ३७ स्थानमा अन्नबालीमा क्षति पुगेको छ ।

पहिरोको जोखिम बढेपछि तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेका छन । त्यसैगरी पहिरोबाट खाँदबारी नगरपालिकामा तीन ओटा घर, मकालु गाउँपालिकामा दुई ओटा घर, सभापोखरी गाउँपालिकामा दुई ओटा घर र चैनपुर नगरपालिकामा एक घर परिवार विस्थापित भएको डिएसपी मैनालीले बताउनु भयो ।

पहिरोले  सिलिचोङ गाउँपालिका–१ नेवाटारमा कालिका माध्यमिक विद्यालय र सिलिचोङ—४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ । पहिरोले कालिका माध्यमिक विद्यालय  भवनमा क्षति पुर्‍याएपछि १ सय ७० जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

भविन कार्की

अन्य

भिडियो