INSEC Online

📅 २०८३ असार १९

असइ थमन विक हत्या प्रकरण : पूर्व सांसद लक्ष्मी महतो कोइरी गिरफ्तार

थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भई पाँच वर्ष कैद सजाय सुनाइएका नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले ०८३ असार १८ गते गौशाला नगरपालिका–२ निगौलस्थित घरबाट गिरफ्तार गरेको छ।

उच्च अदालत जनकपुरको न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले इजलासले २०८३ असार १७ गते जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो। अदालतको आदेश कार्यान्वयनका क्रममा कोइरीलाई गिरफ्तार गरीएको जिल्ला प्रहरी कार्यालयका डिएसपि पञ्चलाल गोलेले बताउनु भयो ।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले ०८० मंसिर २८ गते प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, रामशंकर मिश्र, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको थियो । विकको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत महोत्तरीबाट आरोपी पवन कापर र प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका थिए ।

२०७२ भदौ २५ मा संविधानमा मधेशीको अधिकार स्थापित गराउनका लागि भएको मधेश आन्दोलनको क्रममा भएको असई विक हत्या प्रकरणमा एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

संतोष कुमार यादव

अन्य

भिडियो