INSEC Online

📅 २०८३ असार १९

सामाजिक सञ्जालमा चरित्र हत्या घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको भन्दै प्रहरीले मायादेवी गाउँपालिका–३ का २१ वर्षीय रामु भन्ने विजय कुमार पासीलाई ०८३ असार १३ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार ९ गते सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको भन्दै पीडित पक्षले असार १३ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा विद्युतीय अपराध सम्बन्धी कसुरमा उजुरी दिएका छन् ।

उजुरीका आधारमा कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले जाकारीदिनु भयो ।

रीमा बि.सी.

अन्य

भिडियो