INSEC Online

📅 २०८३ असार १९

मानव बेचविखन तथा ओसार पसार घटनाका आरोपितलाई १५ वर्ष कैद

१७ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर बेचविखन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सुद्धोधन गाउँपालिका–५ मानपकडी स्थायी घरभई बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने ३४ वर्षीया सानु थापा र बुटवल उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीया टिका कुमारी सुनारलाई १५ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश सुमन पाण्डेको ०८३ असार ८ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १५ वर्ष कैद सजाय गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितलाई वैशाख ८ गते नेपाल भारत सीमानाबाटै गिरफ्तार गरी पीडित बालिकाको उद्दार गर्‍यो । पीडितले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा वैशाख ९ गते मानव बेचविखन तथा ओसार पसार सम्बन्धी कसुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख ८ गते भिम अस्पताल भैरहवामा भयो ।

रीमा बि.सी.

अन्य

भिडियो