सिरहा नगरपालिकामा कार्यरत कार्यालय सहयोगी सोहि नगरपालिका–१५ का ४८ वर्षीय रमशरण यादवलाई ०८२ चैत २३ गते नगर प्रमुख डा. नविनकुमार यादवले कुटपिट गरेका छन् ।
पीडित यादवका अनुसार सिरहा नगरपालिका–२० मा आफ्नो दरबन्दी भए पनि सिरहा नगरपालिकाको स्वास्थ्य शाखामा काजमा ८ वर्षदेखि कार्यरत रहेका छन् । चैत २३ गते ९ बजे कार्यालयमा गई हाजिर गर्न खोज्दा प्रमुखले दरबन्दी भएको ठाउँमा गएर हाजिरी गर्नु भनी रोक लगाएको विषयमा विवाद हुँदा प्रमुखले कुटपिट गरेको बताउनु भयो । कुटपिटबाट घाइते भएका यादवको प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर पठाइएको आफन्तले जानकारी दिएका छन् ।
घटनाको बिरोधमा सोहि दिन नगरपालिकामा कार्यरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र सहित नगर प्रमुखलाई कार्वाहीको लागि अभद्र व्यवहारको उजुरी समेत दिएका छन् । उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाई अनुसन्धान प्रकृया अगाडी बढाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।