INSEC Online

📅 २०८३ जेष्ठ २१

नगर प्रमुखद्वारा कर्मचारीमाथि कुटपिट

सिरहा नगरपालिकामा कार्यरत कार्यालय सहयोगी सोहि नगरपालिका–१५ का ४८ वर्षीय रमशरण यादवलाई ०८२ चैत २३ गते नगर प्रमुख डा. नविनकुमार यादवले कुटपिट गरेका छन् ।

पीडित यादवका अनुसार सिरहा नगरपालिका–२० मा आफ्नो दरबन्दी भए पनि सिरहा नगरपालिकाको स्वास्थ्य शाखामा काजमा ८ वर्षदेखि कार्यरत रहेका छन् । चैत २३ गते ९ बजे कार्यालयमा गई हाजिर गर्न खोज्दा प्रमुखले दरबन्दी भएको ठाउँमा गएर हाजिरी गर्नु भनी रोक लगाएको विषयमा विवाद हुँदा प्रमुखले कुटपिट गरेको बताउनु भयो । कुटपिटबाट घाइते भएका यादवको प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर  पठाइएको आफन्तले जानकारी दिएका छन् ।

घटनाको बिरोधमा सोहि दिन नगरपालिकामा कार्यरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र सहित नगर प्रमुखलाई कार्वाहीको लागि अभद्र व्यवहारको उजुरी समेत दिएका छन् ।  उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाई अनुसन्धान प्रकृया अगाडी बढाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।

 दुर्गा परियार

अन्य

भिडियो