आठबिसकोट नगरपालिका–१४ घेत्मा स्थित स्वास्थ्य चौकीमा ०८२ साउन २६ गते राती मादक पदार्थ सेवन गरेर तोडफोड गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय तिलक मल्ललाई प्रहरीले गिरफ्तार गरेको छ ।
मल्लले मदिरा सेवन गरेर हतियारसहित स्वास्थ्य चौकीमा प्रवेश गरी गेट, गाडी र अन्य सामग्री तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको भन्दै साउन २७ गते जनस्वास्थ्य निरीक्षक देवबहादुर चन्दले इलाका प्रहरी कार्यालय आठबिसकोटमा उजुरी गरेका थिए । प्रहरीले मल्ललाई गिरफ्तार गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश बिष्टले जानकारी दिनुभयो । आरोपित मल्ल विरुद्ध ‘अपराधिक उपद्रव’ मुद्धा दर्ता गरिएको छ ।