आन्दोलनका क्रममा ०८२ भदौ २४ गते उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास, तोडफोड, आगजनी, लुटपाट र चोरी गरेको आरोपमा प्रहरीले कात्तिक ३० गते नेपालगञ्जबाट ६ जनालाई गिरफ्तार गरेको छ ।
उच्च अदालत तुलसीपुर, इजलास नेपालगञ्ज, तोडफोड, आगजनी, लुटपाट र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका– ४ बस्ने ३४ वर्षीय रवि कुमार वैश्य, नेपालगञ्ज उपमहानगरपालिका–१० बस्ने २६ वर्षीय बब्लु गोडिया, नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने २८ वर्षीय गंगासागर बर्मा, नेपालगञ्ज उपमहानगरपालिका–५ बस्ने वर्षीय १८ मो. ताहिर हलवाई, नेपालगञ्ज उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय एसनराज सिद्दिकी र नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने २९ वर्षीय ओमराज सोनीलाई नेपालगञ्जबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दीपक पातलीले बताउनु भयो ।
आरोपितहरुलाई कानुनी कारबाहीका लागि आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दायर गरी अनुसन्धानकालागि मङ्सिर १ गते ५ दिन म्याद थप भएको सूचना अधिकारी पातलीले बताउनु भयो ।