जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४ गते प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले २१ जनालाई गिरफ्तार गरेको छ ।
तोडफोड र आगजनी घटनाको सुक्ष्म विश्लेषण गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी, इलाका प्रहरी कार्यालय उर्लावारी, प्रहरी चौकी मझारे, सीआरभी पोष्ट केशलिया, ट्राफिक पोष्ट जतुवा, जिल्ला ट्राफिक कार्यालय मोरङ, ट्राफिक आइल्याण्ड, ट्राफिक लाइट, सीसी क्यामरा तोडफोड गरेको आरोपमा २१ जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।
सुक्ष्म अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी मझारे, सीआरभी पोष्ट केशलिया, ट्राफिक पोष्ट जतुवा, जिल्ला ट्राफिक कार्यालय मोरङ, ट्राफिक आइल्याण्ड, ट्राफिक लाइट, सीसी क्यामरा तोडफोड र आगजनी घटनामा संलग्न विराटनगर महानगपालिका-५ का २२ वर्षीय विशाल बाल्मिकी, विराटनगर महानगरपालिका-९ का २७ वर्षीय गोपी साह, विराटनगर-९ का २० वर्षीय विष्णु माझी, विराटनगर महानगरपालिका-१४ का २० वर्षीय विष्णु माझी, जहदा गाउँपालिका-५ का २२ वर्षीय मुकेश यादव, जहदा गाउँपालिका-२ का ३० वर्षीय प्रवेश मण्डल, जहदा गाउँपालिका-३ का २५ वर्षीय सुशील यादव, विराटनगर महानगरपालिका-६ का २४ वर्षीय चन्दन यादव र विराटनगर महानगरपालिका-६ का २९ वर्षीय किसन सहनी गरी ११ जनालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका-१ मा रहेको इलाका प्रहरी कार्यालय,पथरीमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले पथरीशनिश्चरे नगरपालिका-१ का २३ वर्षीय चन्द्र कार्की, पथरीशनिश्चरे नगरपालिका-१ का २३ वर्षीय दीपक चौधरी, पथरीशनिश्चरे नगरपालिका-१ का २५ वर्षीय मुकेश बराइली, पथरीशनिश्चरे नगरपालिका-१ का २५ वर्षीय विश्वास थापा र पथरीशनिश्चरे नगरपालिका-१ का २६ वर्षीय मिथुन मण्डल गरी ६ जनालाई गिरफ्तार गरेको छ ।
उर्लावारी नगरपालिका-६ मा रहेको इलाका प्रहरी कार्यालय, उर्लावारी तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका-६ का २९ वर्षीय राजकुमार सहनी, उर्लावारी नगरपालिका-६ का ४५ वर्षीय उदय थापा, उर्लावारी नगरपालिका-६ का ४० वर्षीय बब्लु साह, उर्लावारी नगरपालिका-६ का ३० वर्षीय मिलन राई र उर्लावारी नगरपालिका-७ का ३० वर्षीय रविन सुन्दास गरी पाँच जनालाई गिरफ्तार गरेको छ ।
आरोपित सबैविरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा कात्तिक २९ गते आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।