INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

दमक नगरपालिका–१ हवल्दार चोकका ४३ वर्षीय वीरेन्द्र बस्नेतलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बस्नेतलाई ०८२ वैशाख ७ गते कुटपिट गरेको आरोपमा प्रहरीले दमक नगरपालिका–९ का ५५ वर्षीय शिव साह र कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईलाई वैशाख ७ गते दमकबाट गिरफ्तार गरेको हो ।

कुटपिटमा संलग्न भएको आरोप लागेका दमक नगरपालिका–९ का ४७ वर्षीय दीपक दङ्गाल र कमल गाउँपालिका–४ का ३८ वर्षीय जीवन कोयु राई फरार भएको प्रहरीले जनाएको छ ।

दमक नगरपालिका–९ मा रहेको गोर्खा डिमार्टमेण्ट स्टोरको किचनमा बोलाएर चार जनाले कुटपिट गरेको पीडित बस्नेतको आरोप छ । कुटपिटबाट घाइते भएका पीडितको वैशाख ७ गते दमक अस्पतालमा उपचार गरिएको छ ।

कुटपिटमा संलग्न भएका चार जनाविरूद्ध पीडितले इलाका प्रहरी कार्यालय, दमकमा वैशाख ७ गते उजुरी दिएका छन् ।

पीडितको उजुरीका आधारमा दुई जनालाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा दमक नगरपालिका–९ स्थित सप्तश्री एकाडेमीको शेयर विवादका कारण बस्नेतमाथि कुटपिट भएको भएको प्रहरीले जनाएको छ ।

सो विद्यालयका तत्कालीन प्रिन्सिपल दीपक दङ्गालसँग सञ्चालक रहेका बस्नेतको शेयर विवाद रहेको प्रहरीले जनाएको छ ।

नरेश खाती

अन्य

भिडियो