INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षमाथि कुटपिट

चौरजहारी नगरपालिका-१३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीकृष्ण शर्मालाई ०८३ वैशाख ४ गते सोही वडाका २५ वर्षीय सुदिप रोकायाले कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बेदबहादुर पौडेलका अनुसार वैशाख ४ गते बिहान वडा अध्यक्ष शर्मा माथि कुटपिट भएको हो । उहाँका अनुसार सोही वडाको रातामाटा टोलका २५ वर्षीय सुदिप रोकाया र उनकी पत्न डम्मरी रोकायबिच झगडा भइरहेको बेला वडा अध्यक्ष शर्मा विवाद मिलाउन जानुभएको थियो ।

उनीहरुलाई सम्झाई बुझाई गर्ने क्रममा सुदिप रोकायाले वडा अध्यक्ष माथि नै हातपात गरेको डिएसपी पौडेलले बताउनु भयो । कुटपिटबाट वडा अध्यक्ष शर्माको कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ । उहाँको उपचार वैशाख ४ गते  चौरजहारी अस्पताल भयो ।

स्थानीयका अनुसार रोकायाले पत्नीलाई लछारपछार गरेर कुटपिट गरिरहेको बेला वडा अध्यक्ष शर्माले रोक्न खोज्ने  क्रममा कुटपिट भएको हो । वडा अध्यक्ष माथि कुटपिट गर्ने रोकायलाई इलाका प्रहरी कार्यालय चौरजहारीले वैशाख ४ गते गिरफ्तार गरी आवश्यक कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

जीवन खडका

अन्य

भिडियो