ललितपुर महानगरपालिका लगनखेलस्थित मानसिक अस्पताल अगाडि सडकपेटीमा हिँडिरहेका ज्येष्ठ नागरिक माथि कुटपिट गरेको आरोपमा गोदावारी नगरपालिका–१० टाखेल बस्ने ३० वर्षीय आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईलाई ०८२ चैत १७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
चैत १५ गते एमालेले आयोजना गरेको विरोध कार्यक्रमको र्यालीका सहभागीहरुलाई सडक पेटिबाट ज्येष्ठ नागरिकले आफ्नो भनाइ राख्दै गर्दा दुवैपक्षबीच भनाभन हुँदा आरोपितले कुटपिट तथा अभद्र व्यवहार गरेकोले नियन्त्रणमा लिई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् सूचना अधिकारी गौतम मिश्रले जानकारी दिनुभयो ।