INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको कुटपिटबाट घाइते

माडी नगरपालिका– २ का ५५ वर्षीय कालुराम मर्दनियालाई ०८२ असोज २२ गते राति प्रेम विवाह गरी माडी पुगेका थारु युवायुवतीलाई लुकाएको आरोपमा प्रहरीको कुटपिटबाट घाइते भएको पीडतले आरोप लगाएका छन् ।

घाइतेको बघौडा अस्पतालमा उपचार भएको र उनलाई थप उपचारका लागी भरतपुर अस्पताल पठाइएको माडी नपा–६ का वडा अध्यक्ष रामबन्धु पोखरेलले बताउनुभयो ।

घटनाको बारेमा थारु कल्याणकारी सभा क्षेत्र नं १ माडीले असोज २७ गते नारा जुलुस सहित इलाका प्रशासन कार्यालय, माडीमा ज्ञापनपत्र वुझाएको छ । चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले गलत मनसायबाट घटना नभएको बताए । सम्झाउने, वुझाउने क्रममा केही भनाभन भएपछि घटनाले जटिल मोड लिएको उहाँको भनाइ छ ।

दिपेन्द्र अधिकारी

अन्य

भिडियो