INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थामा औषधि अभाव

डडेल्धुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । नेपाल सरकारले तोकेका ३२ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण डडेल्धुराका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।

स्थानीय तहले औषधि खरिद गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । जिल्लाको अजयमेरु गाउपालिकाको समैजी स्वास्थ्य चौकी, परशुराम नगरपालिकाको सादनी स्वास्थ्य चौकी, भागेश्वर गाउँपालीकाको रुपाल स्वास्थ्य चौकी, वगरकोट स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ ।

अजयमेरु गाउँपालीका समैजी स्वास्थ्य चौकीका ईन्चार्ज कृष्ण पालका अनुसार स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण भइसकेपछि औषधि खरीदका लागि झनै अन्यौल सिर्जना भएको बताए । स्वास्थ्य संस्थाहरू स्थानीय निकायमा हस्तान्तरण हुनु अघि पनि औषधिको अभाव हुने गरेको थियो तर अहिले स्थानीय निकायहरूले औषधि खरिदका लागि प्रक्रिया अगाडि बढाउन नसक्दा झनै समस्या भएको छ, उनले भने ।

दुई नगरपालीका र पाँच गाउँपालीका गरी डडेल्धुरामा सात ओटा स्थानीय तह रहेका छन । सातवटै स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा अहिले औषधि अभाव छ ।

अन्य

भिडियो