सिमकोट गाउँपालिका- ७ डाँडाफयाका ५ सय घरधुरीका १५ सय खानेपानीबाट बञ्चित भएका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सो ठाउँमा १० लाख रुपियाँ धारा लगायत नहर खन्नका लागि उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो ।
खानेपानी उपभोक्ता समितिले व्यवस्थित ढङ्गले काम सम्पन्न नगर्दा स्थानीयबासी खानेपानीबाट बन्चित भएको स्थानीयबासी हिराबहादुर सिंहले गुनासो गरे । यतिखेर सो गाउँका मानिसहरू एक घण्टा लगाएर खोलाको धमिलो पानी खान बाध्य भएका छन् ।
सो गाउँमा खानेपानीको एउटा मात्र मूल पानी रहेको र सो मूल पनि दुई वर्षअगाडि नै सुकिसकेको थियो ।