पाँच वर्षीया बालिकालाई बलात्कार गरेको गरेको आरोपमा विराटनगर मनपा-२ का १८ वर्षीय नन्कीसम्सार भन्ने सम्साद मियालाई जिल्ला अदालत मोरङले वैशाख ६ गते पाँच वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश राजुकुमार खतिबडाको इजलासले कैदसँगै २५ हजार रुपियाँ पीडितलाई भराउने समेत फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए ।
पीडित बालिकालाई आरोपितले ०७४ फागुन २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको थियो ।
प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेर अदालत पेश गरेको थियो । पीडित बालिकाको फागुन २६ गते कोशी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरीएको थियो ।