INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका-१४ राधापुरकी २४ वर्षीया ज्योति परियारले दिएको उजुरीका आधारमा प्रहरीले २९ वर्षीय पति सन्तोष परियार र सोही ठाउँकी २६ वर्षीया मुना परिगारलाई चैत २२ गते गिरफ्तार गरेको छ ।

आरोपितद्वयले बहुविवाह गरेको थाहा पाएपछि पीडित महिलाले चैत २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो