२३ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २४ वर्षीय सरोज कार्कीलाई असार २६ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपितविरुद्ध असार २५ गते साइबर व्यूरोमा दिएको उजुरीमा प्रेम सम्बन्ध विच्छेद भएपछि महिलाकै फेसबुक खाताबाट अश्लील सामग्री प्रकाशन गरी आरोपितले महिलाको चरित्र हत्या गरेको उल्लेख छ ।
कार्कीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनु भयो।