INSEC Online

📅 २०८३ असार ३०

महिलालाई इमेलमार्फत अश्लील सन्देश पठाएको घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई इमेल मार्फत पटक–पटक अश्लील तथा अपमानजनक सन्देश पठाई दुःख, हैरानी र मानसिक तनाव दिएको आरोपमा प्रहरीले नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२७ बस्ने ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाललाई ०८३ असार २६ गते काठमाडौँ महानगरपालिका–२७ बाट गिरफ्तार गरेको छ ।

पीडित पक्षले असार २५ गते साइबर व्युरोमा दिएको उजुरीका आधारमा  खनालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट असार २६ गते पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले बताउनु भयो ।

पार्बती साउद

अन्य

भिडियो