INSEC Online

📅 २०८३ जेष्ठ २१

बम विष्फोटमा परी आठ जना घाइते

लहान नपा-७ स्थित विकास ट्रेडर्स, सुनचाँदी पसलमा चैत ९ गते शक्तिशाली कुकर बम विष्फोट हुँदा आठ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा लहान नपा-७ का ३५ वर्षीय विकाश ट्रेडर्सका सञ्चालक विकाश सारडा, ३२ वर्षीय  राहुल सारडा, लहान नपा-९ की २० वर्षीया अनुशिताकुमारी चौधरी, लहान नपा-११ की विनिताकुमारी चौधरी रहेकी छिन भने सुनचाँदी खरिद विक्री गर्न आएका ग्राहकहरू ३४ वर्षीया  देवकुमारी यादव,  सात वर्षीय सतिश यादव, २९ वर्षीया बबिता यादव र सप्तरी सुरुङ्गा नपा-६ की ३७ वर्षीया मोनिकादेवी राम रहेकी छिन्।

घाइतेहरू मध्ये सात वर्षीय बालकको अवस्था गम्भीर रहेको छ भने बाँकीलाई बमको छर्रा लागी घाइते भएका छन् ।

घाइतेहरुको उपचार लहानको सप्तऋषी र रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार घटनाको अनुसन्धान भइरहेको बताए । बम राख्ने समूहको खोजतलास भइरहेको डिएसपी चन्दले बताए ।

पसलमा अपरिचित व्यक्ति एउटा भरिएको झोलासहित सुन किन्ने भनी आएको र एक छिनमा आउँछु भनी झोला छाडी गएको केही बेरमै उक्त झोलामा रहेको बम विष्फोट भएको पसलका सञ्चालक विकास सारडाले बताए। विष्फोटबाट पसलमासमेत क्षति भएको छ ।

अन्य

भिडियो