सत्य निरूपण तथा मेलमिलाप आयोगले प्रदेश न ३ का सरोकारवालासँग परिपुरण मापदण्डसम्बन्धी सुझाव सङ्कलन चैत ८ गते ललितपुरमा सम्पन्न गरेको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य लीला उदासी खनालले सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाहरूको अनुसन्धान छुट्टै विशेष संयन्त्रबाट गर्न उपर्युक्त हुने बताइन् ।
०७१ माघ २७ गते गठन भएपनि आयोग सधैँ स्वतन्त्र, निष्पक्ष, जबाफदेही भई काम गरी अघि बढिरहेको बताइन् ।
सशस्त्र द्वन्द्वको बेलामा भएका सबैखालका घटनाको अनुसन्धान गरी पीडितले पाउने क्षतिपूर्तिको लागि पनि सबै कुरालाई समेटेर मापदण्ड बनाउने सत्य निरूपण तथा मेलमिलाप आयोग मुकाम कार्यालयका प्रमुख लोकराज पराजुलीले बताए ।
महिला विकास अधिकृत शारदा बिजुक्छेले द्वन्द्वको बेलामा महिला र बालबालिका माथि भएका सबै घटनाको अनुसन्धान गरी उचित किसिमको राहत पाउनुपर्ने बताइन् ।