INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितले न्याय पाएपछि इन्सेकलाई धन्यवाद

शिवनाथ गाँउपालिका-६ कनालीका ३४ वर्षीय शिक्षक करन राना र ३० वर्षीया राजु रानाले न्यायका लागि सहयोग गरेको भन्दै इन्सेकलाई धन्यवाद दिएका छन् ।

Photo20180313Baitadi

गैरदलित समुदायकी छात्रालाई दलित समुदायका युवकसँग भाग्न सहयोग गरेको भन्दै स्थानीयले शिक्षक करन राना र राजु रानालाई उनीहरू कार्यरत विद्यालयबाट निष्कासन गरेर गाँउबाट विस्थापित गरेका थिए ।

विस्थापित बनेपछि न्यायको खोजीमा सदरमुकाम बस्दै आएका करन रानाको मुद्दाको फैसला जिल्ला अदालत बैतडीले फागुन ६ गते गरेको थियो ।

न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपित ६ जना (स्थानीय मणिलेक उमाविका ४८ वर्षीय शिक्षक राजबहादुर चन्द, सोही विद्यालयका ४० वर्षीय शिक्षक चक्रबहादुर चन्द, श्री हीरापुर मावि बसेडीभ्वाँका ५० वर्षीय शिक्षक जनकबहादुर चन्द, २४ वर्षीय स्थानीय व्यापारी दिपकबहादुर चन्द, ३८ वर्षीय स्थानीय व्यापारी रमेशबहादुर चन्द र ४५ वर्षीय स्थानीय गोकर्ण चन्द) लाई सफाई दिएको छ ।

घटनामा संलग्न भएको आरोप प्रमाणित गर्दै १६ वर्षीया बालिकालाई दुई वर्षको कैद र आठ लाख रुपियाँ क्षतिपूर्तिको सजाय सुनाएको छ ।

दलित शिक्षक/शिक्षिका राना दम्पतिको यो मुद्दामा इन्सेकले सुरूदेखिनै वकालत गर्दै आएको थियो । उक्त वकालतको प्रसंशा गर्दै पीडितले फागुन २८ गते इन्सेक प्रतिनिधि नरी बडुलाई अभार प्रकट गरेका छन् ।

इन्सेकले पीडितको राहातका लागि विस्थापित भएका बेला १० हजार रुपियाँ सहयोग समेत गरेको थियो ।

‘न्याय पाउनका लागि इन्सेकले पहल गरेकाले आभार प्रकटको पत्र दिएको हुँ ।’-उनले भने । पीडितको पक्षमा वकालत गर्नें संस्था इन्सेकले आगामी दिनमा पनि पीडितहरूलाई न्याय दिनमा सहयोग गर्ने विश्वास रहेको उनको भनाइ छ ।

अन्य

भिडियो