INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

राजविराज नपा-९ की ३० वर्षीया गायत्रीकुमारी यादवले उनका ३५ वर्षीय पति बिरेन्द्रकुमार यादव र सोही ठाउँकी १६ वर्षीया बालिकाविरुद्ध दिएको बहुविवाहको उजुरी जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते दर्ता गरेको छ ।

आरोपितहरुले जानीबुझी गत पुस २९ गते बहुविवाह गरेकाले गिरफ्तार गरी कारवाही गरी पाउँ भनी पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा फागुन २१ गते उजुरी दिएकी थिइन् ।

सामाजिक परम्पराअनुसार विवाहिता पीडितको एक छोरी छन् । आरोपित पतिले हेरविचार नगरेको भन्दै पीडितले छोरीका हकमा समेत जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा हालेकी छिन् ।

उक्त घटनाका विषयमा उजुरी दर्ता भएको तर आरोपितहरू हालसम्म गिरफ्तार नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए ।

अन्य

भिडियो