INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा शल्यक्रिया गर्ने बिरामीलाई समस्या

जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या परेको सर्केगाड गाउँपालिका-६ की मनकली रोकायले गुनासो गरेकी छन् ।

हुम्लामा एक मात्र यातायातको साधन रहेको हवाइजहाजले अक्सिजनको सिलिन्डर बोक्न नमानेपछि समस्या आइपरेको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ । अहिले मात्र नभइ जिल्ला अस्पतालको स्थापनादेखि नै अस्पतालमा सिलिण्डर नभएको अस्पतालले जनाएको छ ।

हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. मङ्गल रावलले भने-‘दम तथा अन्य थुप्रै प्रकारका प्राणघातक रोगको उपचार गर्नुपर्छ । सामान्य प्रकारका रोगका लागि आवश्यक उपकरण अस्पतालसँग छैन । समस्या परेको छ ।’

डा. रावलले भने-‘जिल्लामा ५० हजार जनसङ्ख्या छ । तर, जिल्ला अस्पतालमा अक्सिजनको सिलिण्डर छैन । यो अत्यन्तै गम्भीर विषय हो ।’ जिल्लाको एक मात्र जिल्ला अस्पतालमा दैनिक बिरामीको चाप बढिरहेको सो कार्यालयले जनाएको छ ।

हुम्लामा गम्भीर प्रकृतिका धेरै बिरामी आउने र अक्सिजन दिनुपर्ने बिरामीको सङ्ख्या पनि धेरै भएकाले कुनै सेवा सुविधा दिन नसकिदा बिरामी रित्तो हात फर्काउनु परेको डा. नविन रोकायाले बताए ।

अन्य

भिडियो