अजिरकोट गाउँपालिका-२ खरिबोट सिस्नेका ७० वर्षीय स्यादुरे तामाङ ४० वर्षदेखि ओढारमा बस्दै आएका छन् ।
दिनभर गाउँमा खानेकुरा खोज्ने र राति अजिरकोट गाउँपालिका-३ हंसपुरस्थित भच्चेक बजार नजिकैको ओढारमा बस्ने गरेको उनले बताए ।
४० वर्ष अघि भारतीय सेनामा भर्ना भएका तामाङ मानसिक सन्तुलन ठिक नभएपछि ओढारमा बस्दै आएका स्थानीय भिमलाल तामाङले बताए । स्थानीयले उनको उपचार र सहयोगका लागि याचना गरेका छन् ।
