INSEC Online

📅 २०८३ जेष्ठ २१

काङ्ग्रसेलाई भोट हालेको भन्दै कुटपिट

खानेपानीको विवादमा रामेछापको मन्थली नगपालिका-११ नाटिलाकी ६७ वर्षीया लिलामायाँ बुढाथोकीलाई पुस २९ गते स्थानीय चार जनाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित महिलालाई स्थानीय २२ वर्षीय सन्तोष थापा मगर, २० वर्षीय सरोज थापा मगर, ४० वर्षीया मिठू थापा मगर र ४५ वर्षीया एमकुमारी थापा मगरले कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ ।

गएको स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीलाई मतदान गरेको भन्दै ती महिलाले प्रयोग गर्दै आएको खानेपानीको लाइन गत जेठ महिनामा काटिदिएको र सोही विषयलाई लिएर पुस २९ गते भएको छलफलको क्रममा आफूमाथि कुटपिट भएको पीडित महिलाले बताइन् ।

घाइते महिलाको उपचार मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा भइरहेको छ । पीडित पक्षले पुस ३० जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएकी छन् । पीडित पक्षले पुस ३० गते नै मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाका दोषी माथि कारबाही गरी न्यायको पहल गरिदन आग्रह गरेका छन् । कुटपीट गर्नेहरू माओवादी केन्द्र समर्थक रहेको पीडितको आरोप छ ।

अन्य

भिडियो