INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बालविवाह गरेको कसुरमा जिल्ला अदालतले मर्चवारी गाउँपालिका–१ का २७ वर्षीय सोनु रैदास भन्ने सोनु हरिजनलाई तीन वर्ष ६ महिना कैद सजाय र २२ वर्षीया रीतिका लोधलाई एक वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ असार २७ गतेको इजलासले आरोपित हरिजनलाई कसुर ठहर गर्दै तीन वर्ष ६ महिना कैद, ३० हजार रुपियाँ जरिबाना, र अर्का आरोपित रीतिका लोधलाई एक वर्ष कैद र १० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८१ भदौ १७ गते बालविवाह गरेको भन्दै पीडितकी आमाको सहयोगमा भदौ २० गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएकी थिइन । पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ । प्रहरीले आरोपितलाई भदौ २० गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो