उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरकी २७ वर्षीया एलिसा सुनुवारलाई ०८२ असार ३२ गते साँझ खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा सोही पीडितकै भदाहा ३२ वर्षीय रजिन सुनुवारलाई प्रहरीले गिरफ्तार गरेको छ ।
फुपूदीदीलाई खुकुरी प्रहारपछि फरार रहेका सुनुवारलाई साउन १ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याएको इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते पीडित महिलालाई साउन १ गते बिहान उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको र बिरामीलाई केएमसी अस्पताल काठमाडौंमा भर्ना गरिएको इन्स्पेक्टर न्यौपानेले बताउनु भयो ।