INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसूरमा कैद सजायको फैसला

२६ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको कसूरमा भजनी नगरपालिका–१ गौनैह्याका २५ वर्षीय मनोज चौधरी र २७ वर्षीया रुपा चौधरीलाई ०८२ असार ११ गते  पाँच वर्ष कैद सजाय र सोही ठाउँका ५५ वर्षीय बाबुराम चौधरी, ३८ वर्षीय लहानु चौधरी, २९ वर्षीय करन चौधरी र ३० वर्षीय जयराम चौधरीलाई एक वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश हरीसिंह धामीको इजलासले कसूर ठहर गरी मनोज र रुपालाई पाँच वर्ष सहित जनही ४५ हजार रुपियाँ बाबुराम, लहानु, करन र जयरामलाई एक वर्ष कैद र जनही १ लाख ५० हजार रुपियाँ जरिवाना तिराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी पंकज उपाध्यायले बताउनु भयो ।

पीडित महिलालाई ०८१ पुस ४ गते कथित बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले आरोपितहरु विरुद्ध पुस ५ गते ईलाका प्रहरी कार्यालय, भजनीमा उजुरी दिएका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा कथित बोक्सी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले पुस २५ गते मनोज चौधरी र रुपा चौधरीलाई पुर्पक्षका लागि थुनामा  पठाएको थियो भने आरोपित बाबुराम चौधरी, लहानु चौधरी, करन चौधरी र जयराम चौधरीलाई साधारण तारेखमा रिहा गरेको थियो ।

कुटपिटबाट घाइते महिलाको धनगढीस्थित नवजिवन अस्पतालको आइसीयु कक्षमा राखेर उपचार गरिएको थियो  ।

अन्य

भिडियो