INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१९ वर्षीया युवतीलाई ४४ वर्षीय बुबाले बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २० गते गिरफ्तार गरेको छ।

आरोपितले पीडित युवतीलाई जेठ २० गते घरमा एक्लै भएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिनुभयो ।

उक्त उजुरिको आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालबाट १३ दिनको म्याद थप गराएर घटनाको थप अनुसन्धान गरिरहेको डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २० गते वीरगञ्जस्थित नारायणी अस्पतालमा भयो ।

अन्य

भिडियो