१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गुलरिया नगरपालिका– १ का ३२ वर्षीय शिवप्रसाद थारूलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ जेठ २९ गतेको इजालसले थारुलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत अमृता केसीले जानकारी दिनुभयो ।
आरोपितले पीडित बालिकालाई ०८१ फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई फागुन २२ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन २२ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको थियो ।