INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाँसगढी नगरपालिका– ९ का २१ वर्षीय कृष्ण शाहीलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८२ जेठ २९ गतेको इजालसले आरोपितलाई कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले जानकारी दिनुभयो ।

आरोपितले पीडित बालिकालाई ०८० माघ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ६ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई माघ ४ गते गिरफ्तार गरेको थियो। पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको थियो ।

अन्य

भिडियो