INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले ४५ वर्षीय पीडितका बाबुलाई कसुरदार ठहर गर्दै जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको जेठ २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै जन्म कैदको सजाय, ७ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ पीडितलाई भराई दिने र २ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा भराई दिने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

बालिकालाई आरोपितले ०८१ भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका मामाले भदौ ५ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते भिम अस्पताल भैरहवामा भएको थियो । प्रहरीले आरोपितलाई भदौ ५ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो