१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा लम्कीचुहा नगरपालिका–३ का १९ वर्षीय भरत कामीलाई ०८२ जेठ २० गते तीन महिना कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी तीन महिना कैद सजाय, ५ हजार २ सय ५० रुपियाँ जरिवाना र २५ हजार क्षथिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी पंकज उपाध्यायले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०८१ चैत ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १२ गते इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०८२ वैशाख १२ गते थुनछेकमा अभिभावकको जिम्मा लगाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ चैत १२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।