१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका—१ राजघाटका २१ वर्षीय दीलिप दमाईलाई ०८२ जेठ १९ गते १२ वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी १२ वर्ष कैद सजाय, ५ लाख जरिवाना र १ लाख रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी पंकज उपाध्यायले बताउनु भयो ।
पीडित बालिकालाई ०८१ जेठ ६ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०८१ जेठ ३१ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ जेठ ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।